Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गोरखामा रामचन्द्र पौडेलले भने– शान्तिका नायक प्रचण्डलाई गोरखाबाट जिताउनुहोस्

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड क्रान्ति र शान्तिका नायक भएको बताएका छन् ।

सोमबार सत्ता गठबन्धन दलले गोरखा क्षेत्र नम्बर २ पालुङटारमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै पौडेलले क्रान्ति र शान्तिका नायक प्रचण्डलाई बहुमतले जिताउनुपर्ने बताएका हुन् ।

उनले भने, ‘प्रचण्ड शान्ति र क्रान्तिका नायक हुन् । उहाँले नेपालको राजनीतिमा खेलेको भुमिका अमूल्य छ । त्यसकारण प्रचण्डलाई गोरखाबाट बहुमतले जिताउनुहोस्’ ।

नेता पौडेलले नेपाली कांग्रेसका मतदातालाइ पुराना कुरालाई बिर्सेर भविष्य हेर्न आग्रह गरेका छन् ।

उनले गण्डकी प्रदेशमा कृषि पर्यटनको ठूलो संभावना रहेको बताउँदै यो क्षेत्रबाट यो देशलाई नमुना बनाउनुपर्ने बताउँदै गठबन्धन दललाई विजयी बनाउन आग्रह गरे ।

यता प्रचण्डले पनि सोमबार सोही सभालाई सम्बोधन गर्दै मौका परे वरिष्ठ नेता पौडेलले देशको नेतृत्व गर्न सक्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077