Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सडकका सहयोगापेक्षी मानवको उद्धार तथा व्यवस्थापनप्रति महानगर प्रतिवद्ध छ : मेयर बालेन

काठमाडौं । सामान्य मानवीय जीवन बाँच्न अरुको सहारा खोजिरहेका मानिसहरुको उद्धार र व्यवस्थापनमा काठमाडौँ महानगरपालिका प्रतिवद्ध रहेको प्रमुख बालेन्द्र शाह (बालेन) ले बताएका छन् ।

सहयोगापेक्षी मानव व्यवस्थापनका लागि काठमाडौँ महानगरपालिकाले मानव सेवा आश्रमसँग गरेको सम्झौता कार्यान्वयनको अवस्थालगायत विषयमा छलफल गर्न बोलाइएको बैठकमा उनले यस्तो बताएका हुन् ।

नागार्जुन नगरपालिका वडा नं. ६ सेतो गुम्बासँग जोडिएको बागेश्वरी मन्दिर परिसरको कि. नं. ८२ र १८९ को करीब १८ रोपनी जग्गामा मानव सेवा आश्रम निर्माण गर्न काठमाडौँ महानगरपालिका, नागार्जुन नगरपालिका र मानव सेवा आश्रमविच सम्झौता भइसकेको छ ।

भवन निर्माणका लािग स्रोत महानगरको, जग्गा प्राप्ति गर्ने नागार्जुन नगरपालिकाको र निर्मित भवनमा मानवीयताका काम गर्ने आश्रमको दायित्वसहित सम्झौता भएको हो ।

भवन बनाउन प्रस्ताव गरिएको जग्गा अहिलेसम्म नगरपालिकाले स्वामित्व र भोगाधिकार प्राप्त गरेको छैन । वैठकमा यस विषयमा छलफल गर्दै नगरपालिकालाई जग्गा प्राप्तिका लागि अनुरोध गर्ने निर्णय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077