Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रुसी कब्जाबाट फिर्ता लिन सफल खेर्सोन सहरको युक्रेनी राष्ट्रपति जेलेन्स्कीले गरे भ्रमण

किभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले खेर्सोन सहरको भ्रमण गरेका छन् । केही दिनअघि मात्रै युक्रेनी फौजले रुसी कब्जाबाट फिर्ता लिन सफल खेर्सोन सहरको भ्रमण गरेका हुन् ।

त्यहाँ फौजसँग कुरा गर्दै उनले युक्रेन 'अघि बढिरहेको' र शान्तिका लागि तयार रहेको बताएका छन् ।

युद्धको सुरुतिरै कब्जा गरिएको खेर्सोनलाई यसरी गुमाउनु रुसको लागि ठूलै धक्का हो । यद्यपि, मस्कोले अझै खेर्सोन रुसी भूभाग नै रहेको अडान लिने गरेको छ ।

रुसले यसलाई अवैध रूपमा कब्जा गरिएको खेर्सोन क्षेत्रको प्रशासकीय केन्द्र घोषणा गरेको थियो भने उसले कब्जा गरेको यो एकमात्र क्षेत्रीय राजधानी थियो ।

युक्रेनमाथि हमला सुरु गरेको केही सातापछि नै गत मार्चमा रुसी फौजले खेर्सोन कब्जा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077