काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य रामप्रित रामले चुनावको मुखमै पार्टी परित्याग गरेका छन् ।
केन्द्रीय सदस्य रामले सोमबार एक विज्ञप्ति जारी गरी केन्द्रीय सदस्य पदबाट राजीनामा दिएका हुन् ।
केन्द्रीय सदस्य रामले पार्टी केन्द्रीय कमिटी बैठकले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नगर्ने भनि गरेको निर्णय उल्ट्याउँदै एकल क्षेत्रीय राष्ट्रवाद र घोर दक्षिणपन्थी दलहरूसँग साठगाँठ गरेको आरोप लगाउँदै पार्टीबाट राजीनामा दिएको बताए ।
उनले पार्टीको साधारण सदस्य समेत नरहने गरी केन्द्रीय कमिटी सदस्य लगायत सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएका छन् ।