Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

घरधनीलाई बन्धक बनाएर ४५ लाख बढी नगद र सुन लुटपाट

काठमाडौं । घरधनीलाई बन्धक बनाएर एक घरमा गए राति लुटपाट भएको छ ।

बसुन्धारास्थित नन्द मल्लको घरमा गए राति ६-७ जनाको समूहमा आएका लुटेराले नगद र सुन लुटेर भागेका हुन् ।

लुटेराले घरधनी नन्द सहित ५ जना महिलालाई बन्धक बनाएर लुटपाट गरेका हुन् । लुटेरा समूहले ह्यामर प्रहार गरेर घरधनीलाई घाइते बनाएका छन् ।

उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । राति ७ बजेतिर लुटेरा समूह घरमा प्रवेश गरेर ९ बजे निस्केका थिए ।

४५ लाख भन्दा बढी नगद र ठुलो परिमाणमा सुन लुटिएको प्रहरीलले जनाएको छ । घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालयका र प्रहरी वृत्त महाराजगञ्जको टिमले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077