Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

मतपत्र नजलाउन माग गर्दै सर्वोच्चमा रिट, आज पेसी

काठमाडौं । निर्वाचन सकिएपछि मतपत्र नजलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ ।

कानुनशास्त्रका विद्यार्थी ऋतिक यादव र रितेश पन्थीले निर्वाचन आयोग र प्रधानमन्त्री कार्यालयलाई विपक्षी बनाउँदै सोमबार रिट दायर गरेका हुन् ।

यसले संविधानले परिकल्पना गरेको मानवअधिकार, धारा १६ को सम्मानपूर्वक बाँच्न पाउने हक, धारा ३० को स्वच्छ वातावणमा बाँच्न पाउने हक तथा स्वास्थ्यसम्बन्धी हकहरू निष्प्रभावी बन्न पुगेको दाबीसहित रिट दायर भएको हो।

चुनाव सकिएपछि मतपत्र धुल्याउने नाममा जलाउँदा प्रत्येक नागरिकले स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने अधिकारको हनन् हुने भन्दै मतपत्र नजलाउन माग राख्दै वैकल्पिक उपाय खोज्न भन्दै रिट दायर गरिएको उनीहरूको भनाइ छ ।

रिटको पेसी आजका लागि तोकिएको छ । कागजात धुल्याउने नाममा आयोगले मतपत्र गणना सकिएपछि त्यसमाथि मुद्दा पर्न सक्ने अवधि नाघेपछि जलाउने गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077