Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राप्रपा नेपालका प्रतिनिधि सभा उम्मेदवार गैरे कांग्रेस प्रवेश

पाल्पा । मसिंर ४ गते हुन लागेको प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रत्यक्षतर्फ पाल्पा क्षेत्र नम्बर २ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार खडानन्द गैरे सोमबार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

राप्रपा नेपालका जिल्ला अध्यक्षसमेत रहेका गैरे प्रतिनिधिसभा सदस्यको उम्मेदवार भएर लागि मत माग्दै घरलैलो अभियानमा थिए ।

उनी धेरै वर्षदेखि राप्रपाको राजनीतिमा सक्रिय थिए । गैरेले विज्ञप्ति जारी गर्दै राप्रपा पार्टी परित्याग गरेर कांग्रेसमा प्रवेश गरेको घोषणा गरेका हुन् ।

गैरेलाई कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले कांग्रेस प्रवेश गरेको सदस्यता दिएका छन् ।

कांग्रेसको आदर्श र सिद्धान्तलाई आत्मसाथ गर्दै राप्रपा नेपाल छाडेर कांग्रेसमा प्रवेश गरेको उनले बताए । उनले सोमबारदेखि नै आफ्नो उम्मेदवारी निष्क्रिय रहेको विज्ञप्तिमार्फत जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077