Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दशरथ रंगशालामा ५० औं खेल खेल्दै नेपाल

 

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले घरेलु मैदान दशरथ रंगशालामा बुधबार पाकिस्तानविरुद्ध मैत्रीपूर्ण खेल खेल्दा दशरथ रंगशालामा ५० औं खेल हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र पाकिस्तानबीच खेल बुधबार बेलुकी ५ बजे सुरु हुनेछ ।

नेपालको एक मात्र अन्तर्राष्ट्रिय रंगशालामा दशरथ रंगशालामा नेपालले अहिलेसम्म ४९ खेल खेलेको छ ।

नेपालले दशरथ रंगशालामा पहिलो पटक सन् १९८४ मा खेलेको थियो । दशरथ रंगशालामा आधिकारिक अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको करिब चार दशकमा नेपालले दशरथ रंगशालामा ५० खेल खेल्न लागेको हो ।

नेपालले दशरथ रंगशालामा १९८४ मा पहिलो साउथ एसियन गेम्समा माल्दिभ्स विरुद्ध खेलेको थियो । यो खेल नेपालले ४-० ले जितेको थियो ।

अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाको प्रतिबन्ध फुकुवा भएपछि नेपाल आउन लागेको पाकिस्तानसँग नेपालले यसअघि १६ पटक खेलेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077