Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

निर्वाचनका लागि ४ दिन सार्वजनिक बिदा

काठमाडौं । सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ४ दिन बिदा दिने भएको छ ।

मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गृह मन्त्रालयले शिक्षण संस्था र विद्यालयलाई ४ दिन र सरकारी कार्यालय र सार्वजनिक निकायलाई २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

गृहमन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि शिक्षण संस्थान र विद्यालयलाई मंसिर २ देखि ५ गतेसम्म र सार्वजनिक निकाय र सरकारी कार्यालयमा मंसिर ४ र ५ गते बिदा दिने निर्णय गरेको हो ।

यस्तो छ गृह मन्त्रालयको पत्र :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077