Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • शीर्ष दलका प्रमुख नेतालाई भोट नदिन डा. केसीको आह्वान

    शीर्ष दलका प्रमुख नेतालाई भोट नदिन डा. केसीको आह्वान

    अनलाइन नेपाल
  • मंगलबार, २९ कार्तिक २०७९
  • 567
    SHARES

    काठमाडौं । नेपालको स्वास्थ्य क्षेत्रको स्वाधिन कार्यसम्पादनको माग राख्दै आएका डा. गोविन्द केसीले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुलाई आगामी निर्वाचनमा भोट नदिन आह्वान गरेका छन् ।

    मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै डा. केसीले प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाललगायत शीर्ष नेतालाई भोट नदिन मतदातासमक्ष आग्रह गरेका हुन् ।



    शीर्ष नेताहरुले देश र जनतालाई धोका दिएको बताउँदै उनले शीर्ष नेताहरुले राजनीतिलाई भ्रष्टीकरण र अपराधीकरण गरेको आरोप लगाए ।



    डा. केसीले पुरानै नेताहरुको हालिमुहालीका कारण देश विगत पाँच वर्षमा दशौँ वर्ष पछाडि धकेलिएको बताउँदै आफ्नो प्रतिनिधि चयन गर्दा अघिल्लो निर्वाचनमा जस्तो गल्ती नगर्न पनि मतदातालाई आग्रह गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार