Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सुदूरपश्चिम प्रदेशका सीमानाका तीन दिन बन्द हुने

धनगढी । निर्वाचनका समयमा भारतसँग जोडिएका सुदूरपश्चिम प्रदेशका सीमा नाकाहरू तीन दिन बन्द हुने भएका छन् ।

मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई शान्तिपूर्ण एवं भयरहित वातावरणमा सम्पन्न गर्न मंसिर १ गते राति १२ बजेदेखि सीमानाका बन्द हुने जिल्ला प्रशासन कार्यालयहरूले जनाएका छन् ।

सुदूरपश्चिम प्रदेशसँग कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी र दार्चुला गरी पाँच जिल्ला भारतसँग सीमा नाका जोडिएका छन् ।

जिल्ला प्रशासन कार्यालय कैलाली, कञ्चनपुर, बैतडी, डडेल्धुरा र दार्चुलाले सूचना जारी गर्दै मंसिर ४ गते राति १२ बजेसम्म सीमा नाका बन्द हुने बताएका हुन् ।

सुदूरपश्चिमको कैलालीको गौरीफन्टा र खक्रौला, कञ्चनपुरको बेलौरी, गड्डाचौकी र ब्रहमदेव, डडेधुराको पर्शुराम, बैतडीको झुलाघाट, पञ्चेश्वर र शिवनाथ, दार्चुलाको खलंगालगायतका सीमा नाका जोडिएका छन् ।

पाँचै जिल्लाका प्रशासन अधिकारीहरूले सीमासँग जोडिएका भातीय पक्षसँग सहकार्यका लागि सम्बाद भैसकेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077