Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

वैदेशिक रोजगार विभागका नायब सुब्बा घुसहित पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागका नायब सुब्बा प्रमोद पाण्डेलाई ३२ हजार घुससहित पक्राउ गरेको छ ।

वैदेशिक रोजगार कसुरमा मिलापत्रपश्चात रोक्का भएको बैंक खाता सुचारु गर्नका लागि सेवाग्राहीसँग ३० हजार घुसररिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा उनलाई अख्तियारले पक्राउ गरेको हो ।

अख्तियारको टंगालबाट खटिएको टोलीले नायब सुब्बा पाण्डेलाई सेवाग्राहीबाट ३० हजार लिइसकेको अवस्थामा पक्राउ गरेको प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए ।

उनीमाथि खानतलासी गर्दा स्रोत नखुलेको थप ३२ हजार ५५ सहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077