Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

बसको ठक्करबाट झापामा दम्पतीको मृत्यु

झापा । झापामा बसको ठक्करबाट एक दम्पतीको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको कनकाई नगरपालिका-७ स्थित दुर्गापुर सडकखण्डमा बसको ठक्करबाट घाइते भएका मोटरसाइकल चालक झापा अर्जुनधारा नगरपालिका ६ का ५२ वर्षीय नरेन्द्र मैनाली र मोटरसाइकलको पछाडी सवार उनकी श्रीमती ५० वर्षीया सीतादेवी मैनालीको मृत्यु भएको हो ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को१ख ६७९४ नम्बरको बसले विपरीत दिशातर्फ जाँदै गरेको मे७प ५०९२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दम्पतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

दुर्घटनामा घाइते भई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएकोमा अस्पताल पुर्याउनासाथ डाक्टरले उनीहरुलाई मृत घोषणा गरेका थिए ।

बस चालक मोरङको सुन्दरहरैचा नगरपालिका ६ का ४० वर्षीय भुपाल देवानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077