Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

विश्वकप फुटबलको प्रत्यक्ष प्रशारण बारेको रिटको पेसी तोकियो

काठमाडौं । नेपालमा विश्वकप फुटबलको प्रत्यक्ष प्रशारणमा अतिरिक्त शुल्क लिने निर्णयको विरुद्ध परेको रिटमा आज पेसी तोकिएको छ ।

बुधबार न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको इजलासमा आज दुवै पक्षको उपस्थितिमा बहस हुने भएको छ ।

हरेक चार वर्षमा हुने विश्वकप फुटबल प्रतियोगिताप्रति नेपालमा पनि व्यापक चासो र चर्चा हुने गरेको छ। सबैजसो उमेर समूहका नेपालीले उक्त खेल प्रतियोगिता टेलिभिजनमा प्रत्यक्ष हेर्ने भएकाले नेपालमा पनि महत्व छ।

यसपटक उक्त प्रतियोगिताका खेल हेर्न नेपालमा ५०० रुपैयाँ अतिरिक्त शुल्क तिर्नुपर्ने भनिएपछि त्यसले ‘विवाद’ उत्पन्न भएको थियो।

अधिवक्ता किशोर पौडेललगायतले मिडिया हबको फिफा विश्वकप हेर्न अतिरिक्त शुल्क लाग्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

यसअघि कार्तिक २२ गते रिटमा प्रारम्भिक सुनुवाइ पछि न्यायाधीश प्रकाशमान सिहं राउतको एकल इजलासले मिडिया हबको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077