Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

खरिद बिलविनै झण्डै २५ लाखको कपडा ओसारपसार गर्ने दुई जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । राजश्व अनुसन्धान विभागले बिल बिजक विनाको कपडा ओसारप्रसार गर्ने २ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

विभागले सर्लाहीका किरण विश्वकर्मा र धनुषाका कमलकुमार लामाविरुद्ध उच्च अदालतमा मुद्दा दायर गरेको हो ।

उनीहरूले प्रदेश २ ००१ख १९९७ नम्बरको सवारीमा बिना बिल बिजकको विभिन्न कपडा ओसारप्रसार गरेको पाइएको थियो ।

लुकाईछिपाई गरेर ल्याइएको उक्त कपडा बरामद भएकाले भन्सार महसुल तथा मूल्य अभिवृद्धि कर छलि गरेको पाइएको विभागले जनाएको छ ।

उनीहरूकाविरुद्ध विभागले २४ लाख ९६ हजार ७३३ रुपैयाँ विगोदाबी गरेको छ । भन्सार महशुलतर्फको ३ लाख ६८ हजार २५० र मूल्य अभिवृद्धिकरतर्फको २ लाख ८७ हजार २३५ रुपैयाँसमेत गरी उक्त मूल्य मागदाबी गरिएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077