Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • खरिद बिलविनै झण्डै २५ लाखको कपडा ओसारपसार गर्ने दुई जनाविरुद्ध मुद्दा दायर

    खरिद बिलविनै झण्डै २५ लाखको कपडा ओसारपसार गर्ने दुई जनाविरुद्ध मुद्दा दायर

    अनलाइन नेपाल
  • बुधबार, ३० कार्तिक २०७९
  • 723
    SHARES

    काठमाडौं । राजश्व अनुसन्धान विभागले बिल बिजक विनाको कपडा ओसारप्रसार गर्ने २ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

    विभागले सर्लाहीका किरण विश्वकर्मा र धनुषाका कमलकुमार लामाविरुद्ध उच्च अदालतमा मुद्दा दायर गरेको हो ।



    उनीहरूले प्रदेश २ ००१ख १९९७ नम्बरको सवारीमा बिना बिल बिजकको विभिन्न कपडा ओसारप्रसार गरेको पाइएको थियो ।



    लुकाईछिपाई गरेर ल्याइएको उक्त कपडा बरामद भएकाले भन्सार महसुल तथा मूल्य अभिवृद्धि कर छलि गरेको पाइएको विभागले जनाएको छ ।

    उनीहरूकाविरुद्ध विभागले २४ लाख ९६ हजार ७३३ रुपैयाँ विगोदाबी गरेको छ । भन्सार महशुलतर्फको ३ लाख ६८ हजार २५० र मूल्य अभिवृद्धिकरतर्फको २ लाख ८७ हजार २३५ रुपैयाँसमेत गरी उक्त मूल्य मागदाबी गरिएको विभागले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार