Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • भन्सार छलेर चुरोट र गुट्खा ल्याउनेविरुद्ध मुद्दा दायर, ४ करोड माग दाबी

    भन्सार छलेर चुरोट र गुट्खा ल्याउनेविरुद्ध मुद्दा दायर, ४ करोड माग दाबी

    अनलाइन नेपाल
  • बिहिबार, १५ मंसिर २०७९
  • 813
    SHARES

    काठमाडौं । राजश्व अनुसन्धान विभागले विदेशबाट भन्सार छलेर चुरोट र गुट्खा ल्याउनेविरुद्ध उच्च अदालतमा मुद्दा दायर गरेको छ ।

    विभागले पर्सा सखुवा पर्सौनी गाउँपालिकाका नवराज शर्मा भन्ने छविलाल अगस्तीविरुद्ध अदालतमा मुद्दा दायर गरेको हो ।



    उनले बिल बिजक तथा भन्सार प्रज्ञापनपत्र लगायतका कागजात नभएका विदेशी ब्राण्डका चुरोट र गुट्खा लगायतका मालवस्तु ल्याएर बिक्री गर्ने गरेका थिए ।



    यस्तै, ती मालवस्तुको बिक्रीबापत हुने आयमा प्रचलित कानून बमाजिम नेपाल सरकारलाई बुझाउनुपर्ने राजश्व समेत नबुझाउने गरेका थिए ।

    भन्सार राजश्व र आय बापतको कर समेत नबुझाउने अगस्तीलाई राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (संशोधनसहित) को दफा ३ र ४ (क) (ख) (छ) र (झ) बमोजिम राजश्व चुहावट गरेको पाइएको हो ।

    राजश्व चुहावटको कसुर पुष्टी हुन आएकाले बरामद भएको उक्त सामानको बिगो १ करोड ४० लाख ६४ हजार ६६८ रुपैयाँ र २० लाख रुपैयाँ अन्तशूल्क बिगो दाबी गरिएको छ ।

    यस्तै, स्वास्थ्य जोखिम कर ३ लाख ५२ हजार ४४० मूल्य अभिवृद्धि कर २४ लाख ३४ हजार ३५७ रुपैयाँ गरी जम्मा २ करोड १४ लाख ९ हजार ५१६ रुपैयाँ कर छलेको पाइएको हो ।

    यसमा थप सोही रकम बरारबको सजाय रकम थपेर कूल ४ करोड ३२ लाख १९ हजार रुपैयाँ बिगो दाबीसहित विभागले मुद्दा दायर गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार