Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • विश्वकप फुटबल हेर्न ५०० तिर्नैपर्ने, मिडिया हबलाई पैसा उठाउन सर्वोच्चले खोलिदियो बाटो

    विश्वकप फुटबल हेर्न ५०० तिर्नैपर्ने, मिडिया हबलाई पैसा उठाउन सर्वोच्चले खोलिदियो बाटो

    अनलाइन नेपाल
  • बुधबार, ३० कार्तिक २०७९
  • 768
    SHARES

    काठमाडौं । विश्वकप फुटबल हेर्नका लागि शुल्क लिन नपाइने माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथि दिइएको अन्तरिम आदेश खारेज भएको छ।

    बुधबार न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको इजलासमा यस अघिको अल्पकालीन अन्तरिम आदेशलाई खारेज गर्दै शुल्क लिन पाउने निर्णय गरेको हो ।



    अन्तरिम आदेश खारेज भएसँगै विश्वकप हेर्नलाई शुल्क तिर्नुपर्ने भएको छ। अधिवक्ता किशोर पौडेललगायतले मिडिया हबको फिफा विश्वकप हेर्न अतिरिक्त शुल्क लाग्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।



    सर्वोच्चको यो आदेशसँगै मिडिया हबले अब विश्वकपको प्रत्यक्ष प्रशारण गरे बापत प्रति सेटअप बक्स ५०० अतिरिक्त शुल्क लिन पाउने भएको छ ।

    मङ्सिर ४ गतेदेखि कतारमा हुने विश्वकप फुटबलको नेपाल प्रशारण हिमालय टिभीले गर्दै छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार