Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सी जिनपिङ र जस्टिन ट्रुडोबीचको ‘नोक–झोक’, भिडियो भाइरल

एजेन्सी। चिनियाँ राष्ट्रपति सी जिनपिङ र क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोको एक भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । जसमा दुई नेताबीच झगडा भएको देखिएको छ ।

बिबिसीका अनुसार भिडियोमा चिनियाँ राष्ट्रपतिले ट्रुडोलाई गुनासो गर्दै केही भनेका छन् ।

आफ्ना शब्दहरू अङ्ग्रेजीमा अनुवाद गर्ने व्यक्तिले यसो भनेको सुन्न सकिन्छ, 'हामीले जे पनि छलफल गर्‍यौं, त्यो पत्रपत्रिकामा चुहावट भयो, त्यो ठीक होइन... र त्यो कुरा गर्ने तरिका थिएन।

यदि तपाईं इमानदार हुनुहुन्छ भने, हामीले एक अर्कासँग सम्मानजनक रूपमा कुराकानी गर्नुपर्छ, अन्यथा परिणाम के हुन्छ भन्न गाह्रो छ।'

त्यसपछि क्यानडाका प्रधानमन्त्री ट्रुडोले शान्तपूर्वक जवाफ दिए, 'क्यानडामा हामी स्वतन्त्र र खुला संवादमा विश्वास गर्छौं र हामी त्यसो गरिरहनेछौं।

हामी सकारात्मक रूपमा मिलेर काम गर्ने दिशामा अघि बढ्छौं तर धेरै कुरामा असहमति हुनेछन् । ' चिनियाँ राष्ट्रपतिले भनेका छन्, ‘धेरै राम्रो छ तर पहिले यस्तो अवस्था सिर्जना गर ।

बालीमा चलिरहेको जि २० सम्मेलनमा त्यहाँ उपस्थित एक क्यामेराम्यानले दुई नेताबीचको यो झगडालाई कैद गरे। ट्रुडोले मंगलबार सी जिनपिङलाई भेटेका थिए। क्यानडाको प्रधानमन्त्रीको कार्यालयले ट्रुडोले क्यानडाको चुनावमा चिनियाँ हस्तक्षेपको बारेमा जिनपिङलाई चिन्ता व्यक्त गरेको बताएको थियो।

१० मिनेटको उक्त कुराकानीमा ट्रुडोले रुस–युक्रेन संकट, उत्तर कोरियाको अवस्था र जलवायु परिवर्तनको विषय पनि उठाएका थिए ।

https://twitter.com/AdityaRajKaul/status/1592842922944495618?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1592842922944495618%7Ctwgr%5Ed0e4671781c9b1aef1e947dfee656346436259eb%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fwww.bbc.com%2Fhindi%2Farticles%2Fcxer03pzy8jo

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077