Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपालगन्जमा बम विस्फोट : दुईजना घाइते, घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन

बाँके । बाँकेमा प्रेसर कुकर बम विस्फोट भएको छ । जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका–१० भृकुटी निवासी श्रीकला मल्लको घरमा बम विष्फोट भएको हो ।

उक्त विस्फोटमा परेर दुईजना घाइते भएका हुन् । घाइते हुनेमा नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाका कार्यकर्ता डिल्ली डिसी र धर्मराज बडुवाल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बम पड्काउनेमा संलग्न दुवै जनालाई पक्राउ गरिएको छ । घटनामा संलग्न अन्य दुई जना फरार रहेको प्रहरीले जनाएको छ ।

अर्को प्रेसर कुकर बम भने डिस्पोज गर्न नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको छ । घटनास्थलमा थप बम हुन सक्ने आशंकामा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

घटनास्थलबाट प्रहरीले बम बनाउने सामग्रीसहित एउटा मोटरसाइकल र मोबाइल बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077