Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

आज मध्यरातिबाट ‘स्थिर समय’ सुरु हुँदै, के–के गर्न पाइँदैन ?

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आज राति १२ बजेतेदि स्थिर समय सुरु हुने भएको छ।

निर्वाचन आयोगले मौन अवधि नभनेर स्थिर समय भनेको छ । १ मंसिर राति १२ बजेपछि कुनै पनि उम्मेदवार र राजनीतिक पार्टीलाई निर्वाचन प्रचारप्रसारसँग सम्बन्धित गतिविधिमा रोक लगाइएको हो ।

स्थिर समयमा कुनै पनि दल र दलका उम्मेदवार तथा तिनका समर्थकले निर्वाचन प्रचार–प्रसारसम्बनी कुनै गतिविधि गर्न पाउने छैनन्। यो अवधिमा त्यस्ता गतिविधि गरेको पाइएमा कारबाही गरिने निर्वाचन आयोगले चेतावनी दिएको छ।

केन्द्रीय आचारसंहिता अनुगमन समिति संयोजकसमेत रहेका निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले एक भिडियो सन्देशमार्फत् स्थिर समयबारे जानकारी दिएका छन् ।

आयोगका अनुसार निर्वाचन प्रचारप्रसार तथा मत माग्नका लागि साउण्ड सिस्टम, सर्ट मेसेज सर्भिस (एसएमएस), सामाजिक सञ्जाल वा यस्तै अन्य कुनै साधन वा माध्यमको प्रयोग गर्न पाइने छैन ।

मतदान कार्य प्रारम्भ हुनुभन्दा तीन घण्टा अघिदेखि मतदान कार्य समाप्त नभएसम्म कसैले पनि मतदाता वा मतदान केन्द्रमा मतदानको काममा संलग्न व्यक्ति वा कर्मचारीलाई बाधा पुर्याउने काम गर्न नहुने आयोगले स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077