Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इरानको व्यस्त बजारमा प्रदर्शनकारीमाथि गोली चल्दा ५ जनाको मृत्यु

इरान । इरानको दक्षिणपश्चिमी खुजेस्तान प्रान्तमा ‘अतिवादी तत्व’ ले प्रदर्शनकारीहरू र सुरक्षा बलहरूमाथि गोली चलाएका छ ।

दुई मोटरसाइकलमा सवार ‘सशस्त्र र आतंककारी तत्वहरू’ इजेह सहरको केन्द्रीय बजारमा पुगेर प्रदर्शनकारी र सुरक्षा बलहरूमाथि गोली चलाउँदा पाँच जनाको मृत्यु भएको हो ।

साथै कम्तीमा १० जना घाइते भएका इरानी समाचार निकाय इरनाले जनाएको छ ।

अक्टोबर २६ मा सिराजको शाह चेराघ समाधिस्थलमा भएको सशस्त्र आक्रमणमा कम्तीमा १३ जनाको मृत्यु भएको थियो। आक्रमणको जिम्मा इस्लामिक स्टेट समूहले लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077