Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

ममाथि फेरि पनि घातक हमला हुन सक्छ : इमरान खान

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आफूमाथि फेरि आक्रमण हुनसक्ने आशंका व्यक्त गरेका छन् ।

केही दिनअघि पाकिस्तानको वजिराबादमा इमरान खानको पार्टी पीटीआईको लङ मार्चका क्रममा एक व्यक्तिले उनीमाथि घातक हमला गरेपछि उनले यस्तो बताएका हुन् ।

यस आक्रमणमा इमरान खानको खुट्टामा गोली लागेको थियो । सोही क्रममा उनको पार्टीका एक कार्यकर्ताको मृत्यु भएको थियो ।

इमरान खान र उनको पार्टीले पाकिस्तानका वर्तमान प्रधानमन्त्री शाहबाज शरीफ, गृहमन्त्री राणा सनाउल्लाह र पाकिस्तानी सेनाका वर्तमान जनरललाई यस हमलाको जिम्मेवार ठहर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077