Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • आईओसीले पठायो नयाँ मूल्य सूची, घटेर आयो डिजेलको मूल्य

    आईओसीले पठायो नयाँ मूल्य सूची, घटेर आयो डिजेलको मूल्य

    अनलाइन नेपाल
  • बिहिबार, १ मंसिर २०७९
  • 891
    SHARES

    फाइल फोटो

    काठमाडौं । भारतबाट पेट्रोलको मूल्य प्रतिलिटरमा तीन रुपैयाँ १६ पैसा बढेर आएको छ ।

    इन्डियन आयल कर्पोरेसन (आईओसी)ले नोभेम्बर १६ मा पठाएको नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य बढेर आएको हो ।



    अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटबढ भएका कारण पेट्रोलको भाउ बढेर र डिजेलको घटेर आएको नेपाल आयल निगमले जनाएको छ । डिजेलको मूल्य भने प्रतिलिटरमा एक रुपियाँ ३० पैसा घटेर आएको निगमको भनाइ छ ।



    नयाँ मूल्यअनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर १० रुपियाँ ७६ पैसा नाफा हुने अनुमान गरिएको छ ।

    यस्तै डिजेलमा यसअघि १२ रुपियाँ १३ पैसा घाटामा रहेकाले अझै डिजेलमा प्रतिलिटर १० रुपियाँ ८३ रुपियाँ घाटा रहने निगमले जनाएको छ । आईओसीले प्रत्येक महिनाको १ र १६ तारिखमा नयाँ मूल्य पठाउने गर्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार