Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राहुल गान्धीको कार्यक्रममा नेपालको राष्ट्रिय गान बजेपछि...

एजेन्सी । बुधबार भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धी सहभागी एउटा कार्यक्रममा नेपालको राष्ट्रिय गान बजेपछि रोचक परिदृश्य देखिएको छ ।

गान्धीले राष्ट्रिय गान बजाउन भनेपछि मञ्चमा नेपालको राष्ट्रिय गान ‘सयौं थुंगा फूलको हामी’ बज्यो । गीत बज्दा सबै उभिए । सुरुमा त गान्धीसहित सबैजना सहज पनि देखिए । केही क्षणपछि असमञ्जस्यताको स्थिति देखियो ।

बजिरहेको नेपालको राष्ट्रिय गानलाई रोक्दै गान्धीले भारतको गीत ‘जनगणमन’ बजाउन निर्देशन दिए । फेरि पनि गान्धीले राष्ट्रिय गीत बजाउन भने दोस्रोपटक पनि नेपालको राष्ट्रिय गीत बज्यो ।

हुन त यो प्राविधिक गल्ती थियो तर यो भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

केही समयको अन्योलपछि बल्ल भारतको राष्ट्रिय गान बज्यो । यो किस्सालाई लिएर राहुल गान्धी ट्रोल बनिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077