Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

पूर्वमन्त्री कुमार खड्काको धम्की - न्याय पाइनँ भने मुख्यमन्त्री पोखरेलको भिडिओ बाहिर ल्याउँछु

पोखरा । गण्डकी प्रदेशका निवर्तमान भौतिक, पूर्वाधार मन्त्री कुमार खड्काले बर्खास्तीमा पर्नुको कुनै कारण नभएको बताएका छन् ।

बिहीबार पोखरामा पत्रकार सम्मेलन गर्दै मन्त्रीबाट बर्खास्तीमा परेका नेपाली कांग्रेसका नेता खड्काले केही योजनाका कारण आफ्नो पद गएको बताएका हुन् ।

खड्काले अर्का मन्त्री विन्दुकुमार थापाले प्रदेशको बजेट प्लटिङमा लगानी गरेको आरोप लगाए। कानून मन्त्री विन्दुकुमारले आफ्नो निर्वाचन क्षेत्रको विकासमा भन्दा प्लटिङ गरिएका ठाउँमा बजेट हालेको खड्को दाबी छ ।

उनले भने, ‘मन्त्री विन्दुकुमार थापाले ९ करोड बजेट पाउनुभएको थियो, उहाँले आफ्नो निर्वाचन क्षेत्रमा कति बजेट हाल्नुभयो। प्लटिङ गरेको घडेरीमा १ करोड ४५ लाख र अन्नपूर्ण गाउँपालिकाको घडेरीमा २ करोड बजेट हाल्नुभएको छ।’

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मंगलबार खड्कालाई मन्त्रीबाट बर्खास्त गरेका थिए। कास्की–२ प्रदेश सभा खबाट उम्मेदवार बनेका कानून मन्त्री थापालाई अहसयोग गरेको आरोपमा उनलाई बर्खास्त गरेका थिए।

मन्त्रीसमेत रहेका उम्मेदवार थापालाई आफूले असहयोग गरेको प्रमाणित गर्न उनले चुनौती दिए। आफूलाई बर्खास्त गरेका विषयमा जानकारी नगराए मुख्यमन्त्रीका विरुद्ध ‘सनसनीपूर्ण’ सूचना बाहिर ल्याउने उनले चेतावनी दिए।

उनले भने, ‘मुख्यमन्त्रीका विषयमा मसँग पनि धैरै विषय छन्, अडिओ र भिडिओ छन् । मैले न्याय पाइनँ भने बाहिर ल्याउँछु।’

चुनाव लगत्तै मुख्यमन्त्री पोखरेलले आफूलाई बर्खास्त गर्नुको कारण नभने अडि‌‌ओ, भिडिओ सार्वजनिक गर्ने धम्की दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077