Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

गृह जिल्ला पुगेर ओलीले भने - प्रचण्डले बोकेको हंसिया हथौडा नक्कली हो

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनले देशलाई अधोगतितर्फ लगेको बताएका छन् ।

झापामा आयोजित चुनावी सभामा बोल्दै अध्यक्ष ओलीले गठबन्धन हावाको पछाडि नपर्न आग्रह गरेका हुन् ।

ओलीले भने, 'गठबन्धन भनेको शेरबहादुर देउवा र पुष्पकमल दाहाल 'प्रचण्ड'को मितेरी साइनो मात्रै हो । एकै खालका चरासँगै उड्छन् । एउटाको नाम कांग्रेस अर्काको कम्युनिस्ट छ ।

एउटै छन् यिनीहरु । प्रचण्ड अब मुसो हुने बाटोमा छ । यो गठबन्धन धोद्रो परेको रुख हो । प्रचण्डले बोकेको हंसिया हथौडा नक्कली हो ।'

वर्तमान गठबन्धनलाई विकाउ मालको संज्ञा दिँदै उनले सबै नेपालीले नागरिकता दिलाउने बताए।

विदेशीलाई नागरिकता दिने गठबन्धनको सपना पुरा हुन नदिने ओलीको भनाइ छ। देशको नेतृत्व एमालेले गरे जनताका सपना साकार हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077