Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

राहुल गान्धी सहभागी कार्यक्रममा नेपालको राष्ट्रिय गान बजेको भिडिओ भाइरल

काठमाडौं । भारतको प्रमुख प्रतिपक्षी दल भारतीय कांग्रेस पार्टीका नेता राहुल गान्धी सहभागी एक कार्यक्रममा भारतको राष्ट्रगानको साटो झुक्किएर नेपालको राष्ट्रगान बजेको छ । भारतीय कांग्रेस पार्टीले ‘भारत जोडो यात्रा’ सञ्चालन गरिरहेको छ। त्यही अभियानअन्तर्गत गत साता भारतको महाराष्ट्रमा आयोजित कार्यक्रममा भारतको राष्ट्रिय गानको सट्टा नेपाली राष्ट्रगान बजेको हो। त्यसपछि नेता राहुलले हतार हतार भारतको राष्ट्रगान बजाउन आग्रह गरे र गल्ती सच्याइको थियो । तर भाजपा नेताहरुले यो भिडिओ सेयर गरेर प्रश्न उठाइरहेका छन् । उक्त भिडिओ सामाजिक सञ्जालमा भाइरल बनाइएको छ । भने राहुल गान्धीलाई सामाजिक सञ्जालमा ट्रोल गरिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार यो घटना महाराष्ट्रको वाशिमको हो। राहुलले बुधबार त्यहाँ एक कार्यक्रमलाई सम्बोधन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077