Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

काठमाडौंको दुई ठाउँमा शङ्कास्पद वस्तु फेला, सेनाद्वारा डिस्पोज

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ र हाँडीगाउँ स्थित भत्केको पुलमा शंकास्पद वस्तु फेला परेको छ ।

हाँडीगाउँमा प्रेसर कुकरमा तार जोडेर राखेको अवस्थामा शुक्रबार बिहान शङ्कास्पद वस्तु भेटिएको हो । उक्त शङ्कास्पद वस्तु नेपाली सेनाको टिमले डिस्पोज गरेको छ ।

बूढानीलकण्ठ स्थित स्पेशल चोक र भत्केको पुलमा फेला परेको शङ्कास्पद वस्तु डिस्पोज गरिएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

बिहान पौने ३ मा शङ्कास्पद वस्तु फेला परेको थियो। निर्वाचन बिथोल्ने समूहले शङ्कास्पद वस्तु राखेको अनुसन्धान अधिकृतहरू बताउँछन् ।

घटनाबारे जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077