Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

मध्यरातदेखि निर्वाचनका लागि चीन र भारतसँग जोडिएका सिमानाका बन्द

धनगढी । आमनिर्वाचनका लागि बिहीबार मध्यरातिबाट छिमेकी मुलुक भारत र चीनसँगको अन्तर्राष्ट्रिय सिमानाका बन्द गरिएको छ।

४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतदानका लागि सरकारले सबै नाका बन्द गर्ने यसअघिको निर्णय कार्यान्वयन गरेको हो। मतदान नसकिएसम्म नाका बन्द गर्न सरकारले समन्वय गरेको छ।

अत्यावश्यक अवस्थाबाहेकमा आवातजावत बन्द हुनेछ। बिहीबार राति १२ बजेबाट भारतसँग जोडिएका सुदूरपश्चिमका सम्पूर्ण सीमानाका बन्द गरिएका छन्

मंसिर १ गते राति १२ बजेदेखि ४ गते राति १२ बजेसम्मका लागि नाकाहरु बन्द गरिएको जिल्ला प्रशासन कार्यालहरुले बताएका छन्।

मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनलाई स्वच्छ, पारदर्शी, मर्यादित, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सीमानाका बन्द गरिएका बताइएको छ। कैलाली, कञ्चनपुर, बैतडी, दार्चुलाका सीमानाका बन्द गरिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077