Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

फ्राइडे रिलिज : हलमा लागे बुद्धि तामाङको ‘चोर र पुलिस’ र अजय देवगणको ‘दृश्यम २’

काठमाडौं । आज (शुक्रबार) देखि नेपालमा दुई नयाँ फिल्म प्रदर्शनमा आएका छन् । नेपालको ‘चोर र पुलिस’ र हिन्दी फिल्म ‘दृश्यम २’ रिलिज भएका हुन् ।

एक्सन र सामाजिक कथावस्तुमा आधारित फिल्म ‘चोर र पुलिस’ सिंगल स्क्रिनमा मात्र रिलिज भएको छ । आरएल लामा निर्देशित फिल्ममा बुद्धि तामाङ, धीरेन शाक्य, शोभित बस्नेत, कविता राय र जयकिशन बस्नेतको प्रमुख भूमिका छ ।

कमेडी, एक्सन, रोमान्सजस्ता फिल्मी मसला मिश्रण गरिएको फिल्म मल्टिप्लेक्समा भने रिलिज भएको छैन ।

जसअन्तर्गत बलिउड अभिनेता अजय देवगन अभिनित फिल्म 'दृश्यम २' रिलिज भएको हो।

सोलो प्रदर्शनको मौका पाएसँगै यस फिल्मले आक्रामक ओपनिङको संकेत देखाएको छ। क्युएफएक्स, बिग मुभिज र वान सिनेमाज जस्ता मल्टिप्लेक्सहरुले फिल्मलाई उच्च शो दिएका छन्। जसमध्ये लगभग ५० प्रतिशत शोहरु सोल्डआउट भइसकेका छन्।

यो फिल्म सन् २०१५ मा रिलिज भएको ‘दृश्यम’ को सिक्वेल हो। अभिषेक पाठक निर्देशित यस फिल्ममा अजयसँगै अक्षय खन्ना, तब्बु, श्रीया सरन, इशिता दत्त, मृणाल जाधव, रजत कपूरलगायतको अभिनय छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077