Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

नागार्जुनमा भेटिएको शंकास्पद वस्तु सेनाले गर्‍यो डिस्पोज

काठमाडौं । नागार्जुन नगरपालिका–५ स्थित हरिसिद्धीमा रहेको नगरपालिका भवन नजिकै शंकास्पद बस्तु फेला परेको छ ।

शुक्रवार दिउँसो भेटिएको सो शंकास्पद बस्तु नेपाली सेनाको टोलीले निष्क्रिय बनाएको हो ।

कालो झोलामा पोको पारेर राखिएको शंकास्पद बस्तु सेनाको कालिध्वज गणबाट खटिएका सेनानी रोशन लामिछाने नेतृत्वको टोलीले डिस्पोज गरेको थियो।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पूर्वसन्ध्यामा देशभर बम र शंकास्पद बस्तु फेला पर्न थालेका छन् ।

बम राख्ने काममा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा अगाडी देखिएको सुरक्षा अधिकारीहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077