Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

उम्मेदवारविरुद्ध गलत प्रचार गरेको भन्दै कांग्रेस जिल्ला उपसभापतिसहित ३ जनामाथि कारबाही

काठमाडौं । बारा–४ मा सत्ता गठबन्धन उम्मेदवार विरुद्ध गलत प्रचारबाजी गरेको भन्दै नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले जिल्ला उपसभापति सहित ३ जनालाई अनुशासनको कारबाही गरेको छ ।

केन्द्रीय अनुशासन समितिले आज विज्ञप्ति जारी गरेर बारा जिल्ला उपसभापति अमिरीलाल राउत भेडियार (पाल), क्षेत्रीय प्रतिनिधि सुशील ढोडारी र जिल्ला सदस्य हरिप्रसाद थपलियालाई पार्टी सदस्य समेत नरहने गरी निलम्बन गरेको हो ।

बारा ४ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान) हुन् । नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा (३४) बमोजिम उपसभापति पाल, थपलिया र ढोडारीको पार्टी सदस्य समेत नरहने गरी निलम्बन गर्ने निर्णय गरेको हो ।

नेपाली कांग्रेस बारा ४ का क्षेत्रीय सभापति सुनिल गुप्ताले पार्टीको नीति विपरीत सत्ता गठबन्धनका उम्मेदवार विरुद्धमा गतिविधि गरेकाले पार्टीको अनुशासन विभागले कारबाही गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077