Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

निर्वाचन बिथोल्न खोजेको आरोपमा नेकपा बहुमतका ७ जना कार्यकर्ता पक्राउ

हेटौँडा । प्रहरीले हेटौँडा–१० बसपार्कमा रहेको मतदान केन्द्रमा निर्वाचन बिथोल्न खोजेको भन्दै नेकपा बहुमत समूहका नेता–कायकर्तालाई पक्राउ गरेको छ ।

निर्वाचन बिथोल्न खोजेको भन्दै सो समूह मकवानपुरका इन्चार्ज हेटौँडा–१० बस्ने ४१ वर्षीय रवि खड्कासहित ७ जनालाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पक्राउ पर्नेहरूमा नेकपा बहुमत समूहका जिल्ला इन्चार्ज हेटौँडा–१५ का शक्ति मगर, समूह जिल्ला सचिवालय सदस्य

बागमती गाउँपालिका–४ का लिला माझी, समूहका जिल्ला सदस्यहरु हेटौँडा–१० बस्ने अजय गहतराज, हेटौँडा–११ बस्ने विकास लामा, बागमती गाउँपालिका–८ बस्ने अनिल सिङ्तान र समूहका जिल्ला युवा अध्यक्ष हेटौँडा–८ बस्ने वसन्त लामा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077