Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • बाजुरामा एउटा मतपेटिकामा आगजनी, मतदान कार्य स्थगित

    बाजुरामा एउटा मतपेटिकामा आगजनी, मतदान कार्य स्थगित

    अनलाइन नेपाल
  • आइतबार, ४ मंसिर २०७९
  • 555
    SHARES

    बाजुरा । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका १ को भगवती आधारभुत विद्यालय मतदान केन्द्रको मतपेटिकामा आगजनी भएको छ ।

    बाजुराको ‘क’ केन्द्रमा रहेको प्रदेश सभा समानुपातिकतर्फको मतपेटिकामा आगजनी भएको हो ।



    कसले आगो लगायो भन्ने जानकारी आउन सकेको छैन । मतपेटिका नै जलेपछि अहिले मतदान कार्य रोकिएको प्रहरीले जनाएको छ ।



    कुल ८४० मतदाता रहेको उक्त मतदान केन्द्रमा ५२८ मत खसेको थियो ।

    उक्त घटनापछि पुनः मतदान गराउने या के गर्ने भन्नेबारे खुलेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार