Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

कैलालीमा ६२ प्रतिशत मत खस्यो, गणना भोलिदेखि हुने

धनगढी । कैलालीमा जम्मा मतदाताको ६२ प्रतिशत मात्रै मत खसेको छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार जम्मा ५ लाख ३५ हजार ५१४ मतदाता रहेको कैलालीमा करिब ६२ प्रतिशत मात्रै मत खसेको हो ।

जिल्लाको केही स्थानमा शंकास्पद वस्तु फेला परेपनि समग्रमा शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको प्रहरीले जनाएको छ ।

मत गणना भने भोलिदेखि सुरु हुने बताइएको छ । कैलालीमा पाँच वटा निर्वाचन क्षेत्र रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077