Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • बाजुरामा झडप गर्नेहरु प्रहरीको हतियार खोसेर फरार

    बाजुरामा झडप गर्नेहरु प्रहरीको हतियार खोसेर फरार

    अनलाइन नेपाल
  • आइतबार, ४ मंसिर २०७९
  • 816
    SHARES

    बाजुरा । बाजुराको त्रिवेणीमा नगरपालिका वडा नम्बर–७ मा प्रहरीको गोली लागेर २६ वर्षीय सन्दीप ऐडीको ज्यान गएको छ । मृतक वडा नम्बर–९ स्थित रत्नावती माविमा कार्यरत शिक्षक मानबहादुर ऐडी छोरा हुन् ।

    उनी वडा नम्बर–७ का स्थानीय हुन् । त्रिवेणी–७ स्थित नाटेश्वरी मतदान केन्द्रमा साँझ पौने ५ बजेबाट झडप सुरु भएको थियो । झडप गर्नेहरूमा नेकपा एमाले र कांग्रेसका कार्यकर्ता थिए ।



    झडपको क्रममा प्रहरीसँग भएको इन्सास राइफल खोसेर झडप गर्नेमध्ये केही भागेका छन् । इन्सास राइफल अझै फेला नपरेको प्रहरीले जनाएको छ ।



    आन्दोलनकारीले राइफल खोसेर भागेपछि प्रहरीले गोली चलाएको थियो , प्रहरीले बल प्रयोग गर्दा सन्दीप ऐडीको मृत्यु भएको प्रहरीले जनाएको छ । सन्दीपको घटनास्थलमै मृत्यु भएको हो ।

    झडपमा परेर प्रहरी सहायक हवल्दार कृष्ण बहादुर कुँवर घाइते भएका छन् । झडपमा त्रिवेणी नगरपालिका–७ बस्ने ३८ वर्षीय स्वयंसेवक पर्शुराम उपाध्याय, नेपाली कांग्रेसका प्रतिनिधि ३६ वर्षीय खड्कबहादुर ऐडी र ४८ वर्षका पूर्व वडा अध्यक्ष प्रेम बहादुर थापा घाइते भएका छन् ।

    थापा नेपाली कांग्रेसका पूर्व वडा अध्यक्ष हुन् । त्यस्तै विजयराज उपाध्याय पनि सामान्य घाइते छन् । घाइतेहरूलाई उपचारका लागी सुर्खेतमा पठाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार