Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

फिफा विश्वकप : कतारविरुद्ध इक्वेडरको सानदार जित

एजेन्सी । आइतबारबाट कतारमा सुरु भएको फिफा विश्वकपमा दक्षिण अमेरिकी राष्ट्र इक्वेडरले विजयी सुरुआत गरेको छ ।

अल बायत स्टेडियममा आइतबार राति भएको उद्घाटन खेलमा इक्वेडरले आयोजक कतारलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

इक्वेडरको जितका कप्तान इनर भ्यालेन्सिया नायक बन्दै दुई गोल गरे । खेलको १६ औं मिनेटमा भ्यालेन्सियाले पेनाल्टीबाट गोल गर्दै इक्वेडरलाई सुरुआती अगता दिलाएका थिए ।

त्यसपछि खेलको ३२ औं मिनेटमा भ्यालेन्सियाले हेडरमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै इक्वेडरलाई २–० को जित दिलाए ।

यस जितसँगै समूह ए मा रहेको इक्वेडरले पहिलो खेलमै ३ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077