Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • बाजुरामा अनेरास्ववियु सचिवालय सदस्य अयडीको हत्या

    बाजुरामा अनेरास्ववियु सचिवालय सदस्य अयडीको हत्या

    अनलाइन नेपाल
  • सोमबार, ५ मंसिर २०७९
  • 924
    SHARES

    बाजुरा । बाजुरामा अनेरास्ववियुका नेताको हत्या गरिएको छ । आइतबार मतदानका क्रममा भएको विवादलाई लिएर राति घरमा आक्रमण गरेर त्रिवेणी नगरपालिका–७ का चेतन अयडीको हत्या गरिएको प्रहरीले जनाएको छ ।

    कुटपिटबाट गम्भीर घाइते भएका अयडीको उपचारका क्रममा बयलपाटा अस्पतालमा मृत्यु भएको बाजुरा प्रहरीले जनाएको छ । दिउँसो वडा नम्बर ७ को नाटेश्वरी मतदान केन्द्रमा भएको विवादको विषयलाई लिएर अयडीमाथि आक्रमण गरिएको प्रहरीले जनाएको छ ।



    अयडी नेकपा एमाले सम्बद्ध अनेरास्ववियुका सचिवालय सदस्य तथा सुदूरपश्चिम विश्वविद्यालयका अध्यक्ष हुन् । अयडीको पारिवारिक स्रोतले घरबाट झिकेर बीभत्स ढङ्गबाट हत्या गरिएको बताएका छन् ।



    आइतबार नै मतदानमा भएको विवादका क्रममा प्रहरीले चलाएको गोली लागेर स्थानीय २५ वर्षीय सुरेन्द्र अयडीको मृत्यु भएको थियो ।गोली लागि मृत्यु भएका अयडी नेपाली कांग्रेसका कार्यकर्ता हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार