Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

भक्तपुर-२ मा मतगणना रोकियो

काठमाडौं । भक्तपुर क्षेत्र नं २ मा मतगणना स्थगित भएको छ। सदर वा बदर मतको विषयमा विवाद हुँदा मतगणना रोकिएको हो।

विवाद निस्किएपछि केहि समय अघि मतगणना स्थगित गरिएको हो। यस क्षेत्रमा आज बिहान साढे २ बजेदेखि मतगणना सुरु भएको थियो।

भक्तपुर–२ मा ६५ हजार ७७५ मत खसेको छ। अहिलेसम्म परिणाममा एमालेका महेश बस्नेत भन्दा कांग्रेसका थापा अगाडि छन्।

विवाद समाधान गरि पुनः मतगणना सुरु गर्ने तयारी गरिरहेको आयोगले जनाएको छ। अहिले दलहरुबीच छलफल भैरहेको छ ।

भक्तपुर–२ मा नेपाली कांग्रेसका दुर्लभ थापा, एमालेका महेश बस्नेत र जनता समाजवादीका दिलबहादुर तामाङ चुनावी मैदानमा छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077