Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • विद्यार्थी नेता अएडीको मृत्युपछि मार्तडी बजार तनावग्रस्त, सुरक्षाकर्मी परिचालन

    विद्यार्थी नेता अएडीको मृत्युपछि मार्तडी बजार तनावग्रस्त, सुरक्षाकर्मी परिचालन

    अनलाइन नेपाल
  • सोमबार, ५ मंसिर २०७९
  • 618
    SHARES

    बाजुरा । नेकपा एमाले निकट अनेरास्ववियू बाजुराले सदरमुकाम मार्तडी बजार बन्द गरेको छ । अनेरास्ववियूका केन्द्रीय सदस्य चेतन अएडीको हत्याको विषयलाई लिएर अनेरास्ववियूले आन्दोलन गरेको हो ।

    त्रिवेणी-७ मा नाटेश्वर मतदान केन्द्रमा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा प्रहरीले चलाएको गोली लागेर स्थानीय २५ वर्षीय सुरेन्द्र अएडीको मृत्यु भएको थियो।



    सोही विषयलाई लिएर कांग्रेस कार्यकर्ताहरुले आइतबार राति एमालेका विद्यार्थी नेता चेतन अएडीको घरमै गएर कुटपिट गरेका थिए।



    उपचारका क्रममा उनको अछामको बयलपाटा अस्पतालमा आज मृत्यु भएको हो। बजारमा आन्दोलन चर्किएसँगै बाजुरा सदरमुकाममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भएको छ ।

    बन्दसँगै बजारका गल्लीहरुमा टायर बालेपछि सदरमुकाम मार्तडी तनावग्रस्त बनेको छ । प्रदर्शनकारीहरुले साँफे-मार्तडी खडक खण्डमा समेत गाडि चल्न दिएका छैनन्।

    उनीहरुले मृतक अएडीको न्याय र सुरक्षामा लापरबाही गर्ने सुरक्षाकर्मीलाई कारबाहीको माग गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार