Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

मुख्य निर्वाचन अधिकृत बिरामी भएपछि कैलालीको मतगणनामा ढिलाइ

धनगढी । कैलाली क्षेत्र नम्बर ५ को मतगणना मा ढिलाइ हुने भएको छ ।मुख्य निर्वाचन अधिकृत ओमप्रसाद अर्यालको स्वास्थ्यमा समस्या देखिएपछि मतगणनामा ढिलाइ हुने भएको हो ।

कैलाली क्षेत्र नम्बर ५ को मतगणनाका लागि सर्वदलीय बैठक चलिरहेका बेला दलहरूबीच विवाद भएपछि मुख्य निर्वाचन अधिकृत अर्यालको स्वास्थ्यमा समस्या आएको थियो ।

सहायक निर्वाचन अधिकृत प्रेमराज भट्टले दिउँसो १ बजेदेखि मतगणना गर्ने तयारी भए पनि मुख्य निर्वाचन अधिकृतको स्वास्थ समस्याले ढिलाइ भएको बताए ।

उनका अनुसार चिकित्सकको सल्लाहमा अहिले अर्याल आराम गरिररहेका छन् ।

कैलाली-५ मा सत्तारूढ गठबन्धनबाट कांग्रेसका डिल्लीराज पन्त, एमालेका नारदमुनि राना र स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझासहित ११ जना चुनावी प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077