Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

डडेल्धुरामा दुई हजार गणना सकियो, कसको मत कति ?

डडेल्धुरा । डडेल्धुरामा पनि प्रतिनिधिसभा सदस्यको मतगणना जारी छ ।

२ हजार मतगणना हुँदा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका उम्मेदवार शेरबहादुर देउवा अगाडि छन् । पछिल्लो परिणामअनुसार देउवाले ९४९ मत ल्याउँदै अग्रता कायमै राखेका छन् ।

यस्तै बिपी कांग्रेसका कर्ण मल्लले ४२५ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार सागर ढकालले ४२२ मत ल्याए ।

एक मात्र प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको डडेल्धुराबाट कांग्रेसका सभापति शेरबहादुर देउवा सातौँ पटक उम्मेदवार छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077