Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मुस्ताङका तीनै सिटमा कांग्रेसको ‘क्लिन स्वीप’

मुस्ताङ । मुस्ताङको प्रदेश सभा (ख) मा पनि नेपाली कांग्रेसका विकल शेरचन विजयी भएका छन् । शेरचनले नेकपा एमालेका चन्द्रमोहन गौचनलाई एक सय ५८ मतले पराजित गरेका हुन् ।

दुई हजार सात सय ३० मतसहित शेरचन विजयी बन्दा उनका निकटतम प्रतिस्पर्धी एमालेका गौचनले दुई हजार पाँच सय ६५ मत प्राप्त गरे ।

नेकपा एमालेका जिल्ला अध्यक्ष गौचन २०७४ सालको चुनावमा समानुपातिकतर्फ प्रदेश सभा सदस्य थिए । योसँगै मुस्ताङमा प्रतिनिधि सभा र प्रदेश सभामा प्रत्यक्षतर्फका सबै ठाउँमा कांग्रेस विजयी बनेको छ ।

मुस्ताङको प्रतिनिधिसभातर्फ कांग्रेसकै योगेश गौचन विजयी बनेका छन् भने प्रदेशतर्फको ‘क’मा कांग्रेसकै नम्डु गुरुङले जित हासिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077