Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जुम्लामा ज्ञानेन्द्र शाही तेब्बर मतले अगाडि

जुम्ला । जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीले अग्रता फराकिलो बनाएका छन् ।

एक हजार एक सय मत गनिसक्दा शाही आफ्ना निकटतम् प्रतिस्पर्धीको तुलनामा तेब्बरभन्दा बढी मतले अघि छन् ।

राप्रपाका उम्मेदवार शाहीले ७१६ मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उनका प्रतिस्पर्धी तथा नेकपा माओवादी केन्द्रकी गोमा गौतम कुँवरले २३८ मत पाएकी छन् । यस्तै नेकपा एमालेका उम्मेदवार रतननाथ योगीले जम्मा ५६ मत ल्याए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077