Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • मनाङका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य गुरुङ स्वतः निलम्बित

    मनाङका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य गुरुङ स्वतः निलम्बित

    अनलाइन नेपाल
  • मंगलबार, ६ मंसिर २०७९
  • 876
    SHARES

    मनाङ । मनाङका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य निर्वाचित टेकबहादुर गुरुङ तत्काल संसद प्रवेश गर्न नपाउने भएका छन् ।

    नेकपा एमालेका पोल्देन छोपाङ गुरुङलाई ३२८ मतले पराजित गरेका गुरुङ भ्रष्टाचार मुद्दामा मुछिएपछि संसद छिर्न नपाउने भएका हुन् । उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा विचाराधीन छ ।



    गुरुङविरुद्ध भृकुटीमण्डपस्थित समाज कल्याण परिषदको ६० रोपनी जग्गा भाडामा दिँदा ३१ करोड रुपैयाँ भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।



    सो मुद्दामा विशेष अदालतले उनलाई ५ लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो । भ्रष्ट्राचार मुद्दा विचाराधीन रहेकाले उनी स्वतः निलम्बनमा पर्नेछन् ।

    भ्रष्ट्राचार निवारण ऐन २०५९ को दफा ३३ मा कुनै व्यक्तिउपर भ्रष्ट्राचार मुद्दा दायर भएकामा त्यस्तो मुद्दाको किनारा नभएसम्म स्वतः निलम्बनमा रहने व्यवस्था छ ।

    टेकबहादुर गुरुङले दुई हजार ५७५ मत ल्याएर विजयी भएका हुन् भने पाल्देन गुरुङ दुई हजार २४७ मत ल्याएर पराजित भए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार