Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • भ्रष्टाचार मुद्दा खेपिरहेका पूर्वमन्त्री गुरुङको सांसद पद निलम्बन

    भ्रष्टाचार मुद्दा खेपिरहेका पूर्वमन्त्री गुरुङको सांसद पद निलम्बन

    अनलाइन नेपाल
  • मंगलबार, १२ पुष २०७९
  • 603
    SHARES

    काठमाडौं । संघीय संसद् सचिवालयले कांग्रेस नेता तथा पूर्वमन्त्री टेकबहादुर गुरुङको सांसद पद निलम्बनमा परेको जनाएको छ ।

    सचिवालयले भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा खेपिरहेका गुरुङको सांसद पद स्वत: निलम्बनमा परेको जनाएको हो ।



    मंगलबार सूचना जारी गर्दै अदालतमा विचाराधिन अवस्थामा रहेको मुद्दा किनारा नलागुञ्जेलसम्म संवैधानिक व्यवस्थाअनुसार गुरुङको सांसद पद स्वत निलम्बनमा परेको जनाएको छ ।



    गुरुङ स्वतः निलम्बनमा परेका व्यक्ति भए पनि त्यसविपरीत बिहीबार सांसद पदको शपथमा सहभागी भएका थिए । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा श्रम तथा रोजगार राज्यमन्त्री भएका उनले काठमाडौं फनपार्कको जग्गा भाडामा लगाउँदा भ्रष्टाचार गरेको अभियोग छ ।

    अख्तियारले उनीसहित १६ जनाविरुद्ध माघ २०७५ मा विशेष अदालतमा दायर गरेको मुद्दा विचाराधीन छ । गुरुङलाई मात्रै ३१ करोडको बिगो तोकिएको छ । सरकारी सम्पत्ति हिनामिना गरेको अभियोग लागेका उनी पनि संसद् सदस्यमा चुनिएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार