Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा

    कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा

    अनलाइन नेपाल
  • बुधबार, १२ बैशाख २०८१
  • 309
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ ।

    संसद सचिवालयले सर्वोच्च अदालतको आदेशपछि मनाङबाट निर्वाचित सांसद गुरुङको निलम्बन फुकुवा गरेको हो ।



    संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले एक सूचना जारी गर्दै अदालतको आदेशपछि सांसद गुरूङको निलम्बन फुकुवा भएको जानकारी दिएका छन् ।



    यससँगै सांसद गुरूङले अब प्रतिनिधिसभाको नियमित बैठकमा उपस्थित हुन पाउने भएका छन् ।

    भ्रष्टाचार मुद्दामा आफूलाई जरिवानामात्रै भएको तर कैद सजाय नभएको भन्दै गुरुङले सांसद पद निलम्बन फुकुवाको मागसहित दायर गरेको रिटमा सर्वोच्चले चैत १६ गते सदर गरेको थियो ।

    उनलाई भृकुटीमण्डपस्थित फनपार्कको जग्गा सस्तोमा भाडामा दिएर भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतले दोषी ठहर गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार