Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

चितवन-३ मा राप्रपाका विक्रम पाण्डेको अग्रता कायमै

काठमाडौं । चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का विक्रम पाण्डेले अग्रता कायम राखेका छन्।

मंगलबार बिहानसम्मको मतगणनामा पाण्डेले ३६२३ मत पाएका छन् भने उनलाई पछ्याइरहेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी जीता बरालले ३२७४ मत ल्याएकी छन्।

सत्ता गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका भोजराज अधिकारीले ३२५१ मत ल्याएका छन्।

कांग्रेस छोडेर बागी उम्मेदवारी दिएका दिनेश कोइरालाले २७६६ मत पाएका छन्। कोइरालालाई एमालेले समर्थन गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077