Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

अर्घाखाँचीमा टोपबहादुरको जीत सुनिश्चत

अर्घाखाँची । अर्घाखाँची निर्वाचन क्षेत्र नंं १ मा नेकपा एमालेका उम्मेदवार टोपबहादुर रायमाझीले अग्रता लिएका छन्।

पछिल्लो मत परिणाम अनुसार रायमाझीले ८१८२ मतसहित अग्रता लिइरहेका छन् ।

उनका मुख्य प्रतिस्पर्धी सत्तारुढ पाँच दलीय गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार पुष्पा भुसालले ५९९५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

उनीहरुबीच फराकिलो अन्तर देखिएको छ । मतगणना अन्तिम चरणमा रहेको जनाइएको छ ।

यहाँ १५ हजार २४६ मत खसेको निर्वाचन कार्यालयको रेकर्डमा उल्लेख छ ।

रायमाझीको जित निश्चित रहेको बताइएको छ । अघिल्लो निर्वाचनमा यो क्षेत्रमा रायमाझी नै विजयी भएका थिए। तर त्योबेला उनी माओवादी केन्द्रमा थिए।

पछि नेकपा फुट भएपछि रायमाझीले माओवादी त्याग गरी एमालेमै बसेको थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077